Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

पाँचथरमा जीप दुर्घटना : छ जनाको मृत्यु, छ जना घाइते (अपडेट)

धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खस्दा छ जनाको मृत्यु भएको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार घटनास्थलबाट पाँच जनाको शव निकालिएको छ भने अर्को शव निकाल्ने तयारी भइरहेको छ।

दुर्घटनामा छ जना घाइते भएका छन्। तीमध्ये एक जनालाई उपचारका लागि फिदिम लगिएको छ भने बाँकी पाँच जनालाई धरान पठाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए।

कोसी प्रदेश प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीका अनुसार जीप कम्तिमा पाँच सय मिटर तल खसेको छ। घटनास्थलमा प्रहरी तथा स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन्।