डोटी जिल्लामा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्।
शिखर नगरपालिका–८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडक छेउमा मृत फेला परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बलायरको टाउकोमा चोट लागेको देखिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत बलायर दसैँ मनाउन असोज ७ गते बिदामा घर आएका थिए।
गएराति फेला परेका उनको घटनास्थल सिल गरी प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।