Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

अविरल वर्षाले राजमार्ग अवरुद्ध, नागढुंगाबाटै सवारी साधन फर्काइयो

अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि प्रहरीले नागढुंगाबाटै सवारी साधनलाई फर्काएको छ।

धादिङतर्फ पहिरो खसेर सडक तत्कालै खुलाउन नसकिने अवस्था रहेकाले प्रहरीले नागढुंगा चेकपोस्टमा माइकिङ गर्दै यात्रुलाई अगाडि नबढ्न आग्रह गरेको थियो। सोही अनुरोधपछि रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका छन्। नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे ९ बजेसम्म करिब २ सय गाडी फर्किसकेका थिए।

धादिङको वेनिघाट रोराङ गाउँपालिका१०, जवाङखोलामा गएरातिदेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरो पन्छाउने काम भइरहेको भए पनि अविरल वर्षाले कठिनाइ भएको जिल्ला प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।

त्यस्तै पृथ्वी राजमार्गको अन्य स्थानमा पनि सानाठूला पहिरो खसेका छन् भने मुग्लिननारायणगढ सडकखण्डको तुइनखोलामा पनि पहिरोले बाटो अवरुद्ध गरेको छ।

प्रहरीले चालक तथा यात्रुलाई काठमाडौंमै फर्कन आग्रह गर्दै उनीहरुको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ। धादिङचितवन प्रशासनले समेत भारी वर्षाको पूर्वानुमान दिँदै अत्यावश्यकबाहेक यात्रा नगर्न सचेत गराएको छ।