Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

भारी वर्षाको चेतावनी : राति यात्रा नगर्न विभागको आग्रह

प्रहरीलाई गृहमन्त्रीको निर्देशन: ‘जस्तोसुकै विपद् सामना गर्न तयार रहनुस्’

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सबैमा सचेत रहन आग्रह गरेको छ।

विभागले वर्षासँगै पहिरोको जोखिम बढ्ने भएकाले राति यात्रा नगर्न अनुरोध गरेको हो। सडक विभागले पनि यही सन्दर्भमा मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिकार्य कार्यका लागि तयार रहन आह्वान गरेको छ।

विभागले नागढुङ्गामुग्लिन, मुग्लिननारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउन्ने सडकमा यात्रा गर्नेहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रुले मौसमको अवस्था र सडक सुरक्षा नियमको ख्याल राख्नुपर्ने चेतावनी पनि जारी गरिएको छ।

प्रहरीलाई गृहमन्त्रीको निर्देशन: ‘जस्तोसुकै विपद् सामना गर्न तयार रहनुस्’

गृह तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि उच्च मनोबलका साथ तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

स्रोतसाधनको सीमितताका बाबजुद नेपाल प्रहरीले विपद् व्यवस्थापनमा गरेको कामको प्रशंसा गर्दै उनले हरदम परिचालन हुन सक्ने गरी तयारी रहनुपर्नेमा जोड दिए।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको सामाखुशीस्थित नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो निर्देशन दिएका हुन्।

सीमित स्रोत साधन र तालिमका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय छ,’ उनले सुनाए, ‘सम्भावित विपद्‌बाट हुनसक्ने जनधनको क्षति नियन्त्रण गर्न कर्तव्यनिष्ठ भई तयारी अवस्थामा रहनुहोस्।’

निरीक्षणका क्रममा मन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास, विपद् उद्धार सामग्री भण्डार र ‘पुलिस डिजास्टर रेस्पोन्स टिम’ को अवलोकन गरेका थिए। साथै, कार्यालयका गतिविधिबारे जानकारी पनि लिए।