Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राष्ट्रपति पौडेलद्वारा विजया दशमीमा टीका–जमरा ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार विजया दशमीका दिन राष्ट्रपति कार्यालय शितल निवासमा शुभसाइतमा टीकाजमरा ग्रहण गरेका छन्।

RS_KTM_RSS_16_RATL1870(2).JPG

राष्ट्रपतिले शितल निवासका मूल पूजारी अर्जुन न्यौपानेको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गरे। यस अवसरमा उनकी जीवनसङ्गिनी प्रथम महिला सविता पौडेललाई पनि राष्ट्रपति पौडेलले टीका र प्रसाद दिएका थिए।

(तस्बिर : रत्न श्रेष्ठ)