कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा गए राति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार राजपुरस्थित आरपी फ्लोर मिलनजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको हो।
दुर्घटनामा बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बम गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, स्कुटरमा सवार पुर्चाैडीकै २६ वर्षीय सरोज बम घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।