Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सर्लाहीको हरिपुर्वामा माटोको ढिस्कोले पुरिएर चारजनाको मृत्यु

सर्लाहीको हरिपुर्वामा माटोको ढिस्कोले पुरिएर बुधबार (असोज १५) बिहान चारजनाको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, आठ वर्षीय डिल्लु मन्सुर र नौ वर्षीया नर्गिस खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए । अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका सिंहले बताए ।