Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् ।

सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

निजलाई काठमाडौं महानगरपालिका१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।