Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दशैंको चहलपहल : साढे पाँच लाखले काठमाडौं छाडे

दशैंको चहलपहल सुरु भएसँगै राजधानी काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या तीव्र गतिमा बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म कुल ५ लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेका छन्।

यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख सवारी नाका र पार्किङ स्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले जानकारी दिए।

“यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली समेत सक्रिय छन्। ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ,” उनले बताए।

यसबीच, दशैंको अवधिमा उपत्यकामा ७२ हजार ४१ सवारी साधनमार्फत करिब २ लाख ८५ हजार ३०८ जना भित्रिएको पनि ट्राफिक प्रहरीले जनाएको छ।