Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

तुइन खोलाको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका५ तुइन खोला पुलनजिक खसेको पहिरो पन्छाएपछि मुग्लिननारायणगढ सडक पुनः सञ्चालनमा आएको छ।

सोमबार साँझ करिब ६ बजेबाट सडक दुईतर्फी आवागमनका लागि खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सोमबार मध्याह्न खसेको पहिरोका कारण सडक करिब ६ घण्टा अवरुद्ध हुँदा हजारौँ यात्रु बीच बाटोमै रोकिएका थिए।

डोजर र सुरक्षाकर्मीको संयुक्त प्रयासमा पहिरो पन्छाएपछि अहिले सवारी साधन सामान्य रूपमा चल्न थालेका छन्।