Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

तुइन खोलाको पहिरोले दशैँमा हजारौं अलपत्र

दशैंको समयमा मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् ।

मुग्लिन नारायणघाट सडकको तुइन खोला नजिक सोमबार बिहानदेखि खसेको पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ र अहिले पहिरो खस्ने र हटाउनक्रम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

तीन वटा मेशिनले पहिरो हटाउन काम जारी रहेको र सकेसम्म छिटो सडक खुलाउने सडक डिभिजनले बताए पनि पहिरो खस्न नरोकिदा सडक खुल्ने समय बारे यकिन भन्न सक्ने अवस्था रहेको छैन ।

दशैँको समयमा आफ्नो गन्तव्यमा जान हिडेकाहरु सडकमा अलपत्र परेका छन् । मुग्लिन-काठमाडौँ सडकमा ठुलो जाम शुरु भएको छ भने नारायणघाट पट्टि रामनगरसम्म जाम पुगिसकेको छ भने हजारौ यात्रु सडकमा रहेका छन् ।

गत बुधबार राति मात्र लगभग ५४ घण्टामा खुलेको यो सडक सोमबारदेखि पुन: बन्द भएको हो ।