Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीको सन्धिखर्क९, टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

सन्धिखर्कढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप सोमबार (असोज १३) बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार, सोही घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका६, पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने ७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।