Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चार जना एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सुशिलसिंह राठौर, दोस्रो नम्बरमा उमाप्रसाद चर्तुवेदी, तेस्रो नम्बरमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर बिकलाई सिफारिस गरेको हो । 

सिफारिस गरिएका चारै जनालाई अब बस्ने मन्त्रिपरिषद् बैठकले एआइजी नियुक्त गर्नेछ ।

Aig1759072909.jpg
undefined