Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टीको सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवास भक्तपुरको गुन्डुमा बस्ने भएको हो ।

बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमक अनुसार बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन र आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ ।