Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मधेश प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी

मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो। कांग्रेसले मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका लागि कांग्रेससहित चार दलबिच सहमति भएको छ ।

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न कांग्रेस, एमाले, जनमत र लोसपासहित चार दलबिच सहमति भएको छ । सहमति अनुसार आइतबार चारै दलका बहुमत सांसदहरूले हस्ताक्षरसहित सरकार निर्माणको लागि प्रदेश प्रमुख समक्ष पेस गर्ने तयारी गरेको बताइएको छ ।

जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो । मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ। प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ जनमतको १३, लोसपाको ८ जना सांसद छन् ।

यस बाहेक मधेश प्रदेशमा माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जसपा नेपालका १९ तथा संघीय समाजवादी, नाउपा र राप्रपाका एक एक सांसद छन् ।