Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे शिक्षामन्त्री पुन, लिए स्वास्थ्य अवस्थाबारे जानकारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बिभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाकाबारे जानकारी लिएका छन् । शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । सो क्रममा घाइतेहरुले आफुहरुले उठाएका माग मुद्दालाइ पुरा गर्नका लागि सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताए ।

उनले घाइतेहरुलाई आफ्नो शरिरको चिन्ता भन्दा पनि देशको चिन्ता देखिएको जिकिर गरे । ट्रमा सेन्टरमा १ जनाको आइसियुमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सुधार हुदै गएको पाइएको उनले बताए ।

मन्त्री पुनले प्रधानमन्त्रीले घोषणा गरेको कामलाई पुरा गर्न अन्तरिम सरकारको ध्यान केन्द्रीत रहेको उल्लेख गरे । जेनजी आन्दोलनका क्रममा दुई हजार भन्दा बढि घाइते भएका थिए । अझै पनि ५० भन्दा बढि घाईतको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।