Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आरजु राणाले दिइन् युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट राजीनामा

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छन् ।निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी देउवाले स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।

राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी भएको थियो । उक्त घटनाबाट स्कुलमा व्यापक क्षति भएको थियो ।

राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, जेनजी आन्दोलनका क्रममा प्रदर्सनकारीको भीडले आरजुको स्कुल भन्दै युलेन्समा तोडफोड र आगजनी गरेका थिए ।

आरजुले राजीनामा दिएसँगै स्कुलले छिट्टै नयाँ अध्यक्ष छान्ने तयारी गरेको छ ।