Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै हर्कले भने- म पूरा गर्छु जेनजीका एक–एक माग

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीको आकांक्षी मेयर साम्पाङले जेनजीका माग पूरा गर्न आफू तयार रहेको पनि दाबी गरेका छन् । उनले लेखेका छन्, ‘ सुशीला जी‘ तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन, राजीनामा दिनुस्, म गर्छु उनीहरूको माग पूरा एक–एक गरेर !’

नयाँ पुस्ताका युवाहरुको आन्दोलनपछि बनेको सरकारमा प्रधानमन्त्रीसहित केही मन्त्रीहरू ७० वर्षका आसपासका नियुक्त भएपछि आलोचना हुन थालेको छ ।