Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सेवा निवृत्त पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा स्थगन, कार्यान्वयन गर्न गृहलाई पत्राचार

अर्थ मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई सरकारले दिएको सवारी तथा सुरक्षाकर्मीको सुविधा स्थगन गरेको छ ।

मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गराउनु र कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गराउनका लागि गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

यसअघि अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न मन्त्रिपरिषदको असोज ५ को बैठकले निर्णय गरेको थियो ।