Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्कीको नाममा सामाजिक सञ्जालमा 'फेक अकाउन्ट', कारवाहीको चेतावनी

प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएको पाइएको छ ।

प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक, एक्स जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने जानकारी दिएका छन् ।

उनले भनेका छन्- 'प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/एक्स जस्ता सामाजिक सञ्जालबाट समाचार/पोस्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ। साथै यस किसिमका गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारवाही हुनेछ।'

PMO1758870259.jpg
undefined