नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ ।
लेखककी आमा शारदादेवी लेखकको बिहीबार दिउँसो ४ बजे धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार दम रोगबाट ग्रसित थिइन् । उनका एक छोरा र चार छोरी छन् ।