Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री सुशीला कार्कीले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् ।

बुधबार दिउँसो राष्ट्रपति निवासमै पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन् । भेटमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सरकारले निर्वाचनलाई लक्षित गरेर केही अध्यादेश ल्याउने तयारी गरेको बताइएको बेला प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी छन् ।