Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

minister_11758533770.jpg

मन्त्री बन्नेमा पत्रकार जगदीश खरेल सञ्चार तथा सुचना प्रविधि, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा उद्योग, कानुन र भुमि व्यवस्था मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि र डा. मदन प्रसाद परियार कृषि मन्त्री रहेका छन् । 

यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।