Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन

सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको हो।  

तीन महिनाको समय दिइएको आयोगमा जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत गठित आयोगमा सदस्य नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।