Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कांग्रेसले आगजनी भएको केन्द्रीय कार्यालय आज सरसफाई गर्दै

नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय आज क्षतिको विवरण सार्वजनिक गर्दै सरसफाई गर्ने बताएको छ ।

कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभागले सिंगो राष्ट्र शोकमा डुवेको अवस्थामा पार्टी कार्यकर्ताको पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भनेर शनिबारसम्म जस्ताको तस्तै राख्ने र आइतबार सरसफाई गर्ने जानकारी दिएको छ ।

साथै विभागले दिनको १ बजेदेखि सरसफाई गर्ने र सामुहिक सरसफाई कार्यमा सहभागी हुन पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरु, कार्यालयका कर्मचारी साथीहरु एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमावुवा, दाजुभाई तथा दिदीवहिनीहरुलाई सरसफाइका लागि आवश्यक गर्ने सामग्रीहरु (झाडु, कुचो, खालीबोरा, फोहो उठाउने, वाल्टी, मास्क, पञ्जा) सहित उपस्थित हुन आग्रह गरेको छ ।