Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पार्टी नेतृत्वलाई गोकुल बास्कोटाको कटाक्ष- सबै रोगको एउटै ओखती सिफारिस गर्दैछन्

नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई जबज अनुरुप हिडाउन नेतृत्वलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले सबै रोगको एउटै ओखती सिफारिस गरिरहेको टिप्पणी गर्दै आफ्टर सक्डको प्रतिक्षामा जुजुमान भैरहने की जवज अनुरुप हिड्ने ? भन्दै प्रश्न गरेका छन् । 

उनले भनेका छन्-  जसले २०७८ पछि छदै नभएको गुट देशभरी कागति निचोरेर  दुध फटाए झै बनाए, विधान हैन आदेश चलाए, तिनले एकताको मर्म बुझ्नु राम्रो हो । पत्याउन यसर्थ कठिन छ कि रोग फरक छ- तर तिनीहरु अझै वेपर्वाह सबै रोगको एउटै ओखती सिफारिस गर्दैछन । आफ्टर सक्डको प्रतिक्षामा म जुजुमान भैरहने कि जवज अनुरुप हिड्ने ?