Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच भेटवार्ता

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।


मंगलबार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् । भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले बताए।


जेनजी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी थिइन्।


यसैबीच, आगामी बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गर्ने कार्यक्रम तय भएको छ ।