Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पूर्व उर्जामन्त्री खड्काले प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न कुलमानको निर्देशन

उर्जामन्त्री कुलमान घिसिङले पूर्व उर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

कुलमानको निर्देशनपछि उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै सो कार्यालय आवश्यक नभएको र प्राधिकरणले प्रयोग गर्न सचिव स्तरीय निर्णय गरेर निर्देशन दिएको छ ।

यसअघि पुर्व मन्त्री खड्काले प्राधिकरणमा संचालक समितिको अध्यक्षको लागि भन्दै आफ्नो कार्यालय खोलेपछि चौतर्फी आलोचना भएको थियो ।

urja1758020975.jpg