Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

अब नयाँ कार्यालय बनाइन्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टी कार्यालय बनाउने बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएको पेरिसडाँडास्थित पार्टी मुख्यालय अनुगमन गरेपछि प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’

अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको भन्दै ती जोगाउन भूमिका खेलेकोप्रति कर्मचारी र कार्यकर्ताहरूलाई धन्यवाद दिए ।

जेनजी आन्दोलन चर्कंदै जाँदा प्रचण्डलाई सेनाले भदौ २४ गतेदेखि सुरक्षा घेरामा राखेको थियो । सुरक्षा ‘थ्रेट’ नरहेपछि सोमबार उनी सेनाको घेराबाट बाहिरिएका हुन् ।