Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रुपन्देही–३ को उपनिर्वाचनका सबै कार्यक्रम रद्ध

निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभाको उपनिर्वाचन रद्द भएको औपचारिक जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभा विघटन भएर फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भएपछि रुपन्देही–३ का लागि यस अघि सार्वजनिक गरिएका निर्वाचनका सम्पूर्ण कार्यक्रम रद्ध गरिएको आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेकाले उपनिर्वाचनका बाँकी कार्यक्रम रद्ध गरिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ-  ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२/०७/१७ गते सोमबारका दिन रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२।०५।२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले, रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

election1757941271.jpg
undefined