Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कार्यालयमा एमालेले राख्यो पार्टीको झण्डा

जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडपछि खण्डहर बनेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ ।

सोमबार च्यासलस्थित केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पुगेका थिए ।

आगजनी र तोडफोडले ध्वस्त भएको पार्टी कार्यालय अनुमगनपछि महासचिव शंकर पोखरेलले आफूहरू पुन: उठ्ने बताए । उनले आफ्नो पार्टी युवाहरूकै पक्षमा रहेको पनि बताएका थिए ।