Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मन्त्रिपरिषद्को पहिलो बैठक आज बस्दै

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन् ।

दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ । कार्कीले तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी हुन् ।

आजै नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल (अर्थ), ओमप्रकाश अर्याल (गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला) र कुलमान घिसिङ (ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय) ले शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।