Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मेरो समर्थन डा.रामेश्वर खनाललाई : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्ना पार्टीका कुनै पनि जिम्मेवार नेता मन्त्री पदको दौडमा नरहेको स्पष्ट गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ सरकारको आर्थिक नेतृत्वका लागि विज्ञ अर्थमन्त्रीको खोजी गरिरहेकै बेला वाग्लेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व अर्थसचिव डा.रामेश्वर खनाललाई भावी अर्थमन्त्रीका रूपमा समर्थन गरेका हुन् ।

वाग्लेसमेत अर्थशास्त्री भएकाले कतिपयले उनलाई पनि सम्भावित अर्थमन्त्रीको सूचीमा राखेका थिए। तर, उनले फेसबुकमा लेख्दै त्यसप्रकारका अड्कलमा सत्यता नभएको स्पष्ट पार्दै रास्वपाबाट कोही पनि मन्त्री बन्ने दौडमा नरहेको बताएका हुन् ।

यस्तो छ वाग्लेको स्टाटस: कृपया अफवाह नफैलाउनुहोला, राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्रीको दौडमा छैनन्। आजको विकराल आर्थिक अवस्था सम्हाल्न मेरो समर्थन प्रिय अग्रज एवं मित्र, पूर्व अर्थसचिव रामेश्वर खनाललाई हुनेछ।