Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मैंले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैनः सुमना श्रेष्ठ

पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् ।आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् ।

आफ्ना शुभचिन्तकहरुले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिंदै उनले भनिन,‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन् । मैंले आजसम्म उक्त पार्टी भित्र रहेर जति काम गर्न सकेँ त्यो तपाईहरु सबैको साथले भएको हो । मैंले पार्टी छाडेको हुँ तर, पार्टीभित्र मैंले जुन एजेन्डा बोकेर गएकी थिएँ, त्यो एजेन्डा त कहिल्यै छाडेको छैन् ।’

परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्ने उनको जोड छ । यतिबेला जेनजी पुस्तालाई बदनाम गर्नेहरु अग्रसर भएको बताउँदै उनले त्यस्तो नगर्न र उनीहरुलाई सबैले साथ दिनुपर्ने बताएकी छन् । आफुले पार्टी भित्र गर्न नसकेको काम अब, बाहिर आएर गर्न लागेको उनको दाबी छ । आफूले मन्त्री पद्मा जानका लागि पार्टी छाडेको नभइ जेनजी पुस्ताका भाइबहीनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उनले गरेकी छन् ।

भिडियोको अन्त्यमा भावुक हुँदै उनले भनेकी छन,‘हामी सबैले चाहेको परिवर्तन हो । कुनै पार्टीभित्र बसेर जेनजीको क्रान्तीलाई बिथोल्न हुँदैन् । कुनै दल नसोच्नुस यतिबेला सबैले नेपाल बनाउन लाग्नुस ।’