Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माण गरिएकाे हाे ।