Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारको तयारी, आइतबार घोषणा हुने

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल जारी रहेको छ । स्रोतका अनुसार आजै नामावली टुंगो लगाइने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार घोषणा गरिने तयारी गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । सरकार सञ्चालनका लागि आवश्यक मन्त्रीहरूको छनोटबारे उनले आफ्ना सहयोगीहरूसँग निरन्तर परामर्श गरिरहेकी छन् ।

मन्त्रिपरिषद्‌ विस्तारसँगै अन्तरिम सरकार औपचारिक रूपमा सक्रिय हुने अपेक्षा गरिएको छ ।