नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपत रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छन्। शपथ ग्रहण समारोह शीतनिवासमा विशेष समारोहको रुपमा आयोजना गरिएको थियो।
राष्ट्रपतिले कार्कीलाई शपथ ग्रहणलगत्तै शुभकामना दिँदै भने - "देश सफल होस्, जनताले सफलता प्राप्त गरुन्।"
प्रधानमन्त्री कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी छिन्। गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको दबाबमा उनले नियुक्ति पाएकी हुन्।
नवनियुक्त सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छ। यसरी जननिर्वाचित संसद् विघटन हुने घटनाले मुलुकको राजनीतिक इतिहासमा दुर्लभ घटना थपेको छ।