सुशीला कार्की प्रथम महिला प्रधानमन्त्री हुँदा राप्रपाका प्रवक्ता ज्ञान बहादुर शाहीले नयाँ युगको सुरुवात भएको बताएका छन् ।
उनले सामाजिक संजाल मार्फत शुभकामना व्यक्त गर्दै नयाँ युगको सुरुवातसँगै भ्रष्टाचार गर्न सय पटक सोच्नुपर्ने अवस्था आउने पक्का भएको बताएका हुन् ।
उनले लेखेका छन्- राष्ट्रले पहिलो महिला प्रधानमन्त्री मात्र पाएको छैन। नयाँ युगको सुरुवात भएको छ। भ्रष्टाचार गर्न सयपटक सोच्नुपर्ने अवस्था आउने पक्का भएको छ। ति महान युवा साथीहरूलाई सलाम जसको बलिदानबाट यो प्राप्त भयो तपाईँहरूको को बलिदानलाई हामीहरु खेर जान दिने छैनौँ सब मिलेर एक साथ बढेर नयाँ बिहानीको सुरुवात गर्नुछ । हार्दिक बधाई तथा शुभकामना।