Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा

नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन् ।

संविधानको रक्षाका लागि भन्दै उनीहरुले 'संविधान रक्षा गरौँ' भन्ने प्लेकार्डसहित काठमाडौँको नेपाल कमर्श क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा नेताहरुलाई निशाना बनाइएपछि भूमिगत भएका राजनीतिक दलका नेता कार्यकर्ता विस्तार बाहिर निस्किन थालेका छन्  ।