Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको स्वास्थ्य सुधारोन्मुख

नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार प्रदर्शनकारीले डल्लुस्थित झलनाथ निवासमा आगजनी गरिदिएपछि उनी जलेर घाइते भएकी थिइन्।प्रदर्शनकारीले घर जलाउँदा झलनाथ त्यहाँ थिएनन्। उनकी पत्नी रविलक्ष्मी भने घरमै थिइन्।

एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार आगजनीबाट घाइते भएकी उनको अवस्था अहिले सुधारोन्मुख छ। अस्पताल स्रोतले पनि रविलक्ष्मीको स्वास्थ्य अवस्थामा मंगलबारभन्दा सुधार आएको जनाएको छ।