नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले स्वयंभूस्थित पाण्डेको घरमा मंगलबार मध्याह्न आगजनी गरेको हो।
जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।