Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गगन र विश्वप्रकाश भन्छन्- एमालेसँगको सहमतिको औचित्य सकियो, सभापतिले मन्त्री फिर्ता नबोलाए कदम चाल्छौं

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गर्दै पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।

उनीहरुले सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

उनीहरुले जेनजी पुस्ताका न्यायोचित माग पुरा गर्न जोड गरिरहेको बताउदै आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् ।