काठमाडौंको कलंकी क्षेत्रमा प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको छ ।
प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो । कलंकीमा मात्रै नभई राजधानीका विभिन्न स्थानसहित देशभर प्रदर्शन चर्किएको छ ।
प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा सडक अवरुद्ध गर्दै आगजनी र सरकारी तथा निजी सम्पत्तिमा तोडफोड गरेका छन् ।