Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गगन थापाको घरमा आगजनी

जेनजी पुस्ताले सुरू गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित आन्दोलनकारीहरू नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घर आगजनी गरेका छन् ।

उनीहरूले केहीबेर अघि महामन्त्री थापको रातोपुलस्थित थापा निवासमा आगो लगाए हुन् । त्यसअघि आन्दोलनकारीहरूले नजिकै रातोपुलमा अवस्थित प्रहरी बिटमा आगो लगाएका थिए ।

घरमा आगो लगाउनुअघि प्रदर्शनकारीहरूले नजिकैको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए ।