Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सांसद पदबाट राजीनामा दिने सुमना श्रेष्ठको घोषणा

रास्वपाकी प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।

सार्वजनिक वक्तव्यमार्फत उनले वर्तमान सत्ता संरचना र संसदको भूमिका प्रति गहिरो असहमति जनाउँदै राजीनामा दिने घोषणा गरेकी हुन् ।

उनले आफ्नो राजीनामा सन्देशमा लेखेकी छन्, ‘सांसदको काम भनेको सरकारलाई जवाफदेहि बनाउने हो। तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो। यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेस सम्हाल्ने काममा सिमित भएको संसदमा सदस्य भएर बस्न नैतिकताले दिएको छैन। त्यसैले सांसद पदबाट राजीनामा दिँदैछु ।’

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभामा समानुपातिक सांसद हुन् ।