Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा तोडफोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ ।

अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् ।