Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन सकिँदैन: चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन नसकिने बताएका छन् ।

उनले सोमबार जेनजी पुस्ताको प्रदर्शनमा सरकारले राष्ट्रिय झण्डा बोकेका युवामाथि गरेको दमनलाई क्षमा दिन नसकिने बताएका हुन्।

उनले लेखेका छन्, ‘सरकार, युवाको माग तुरुन्त पुरा गर, राष्ट्रिय झण्डा बोकेका युवालाई गोली, युवाको मृत्यु दुःखद्, क्षमादिन नमिल्ने काम नगर ।’

जेनजी पुस्ताको प्रदर्शनमा नयाँ बानेश्वरस्थित संसद भवनमा सरकारले प्रदर्शनकारीहरुमाथि गोली चलाएको छ । यो घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने सैयौँ घाइतेको उपचार भईरहेको छ ।