Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

घाइते भएका ‘जेनजी’हरुको उपचारमा खटिइन् रास्वपा सांसद डा. तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्की नयाँ बानेश्वरमा प्रहरी दमनबाट घाइते भएका जेनजीहरुको उपचारका लागि खटिएकी छिन् ।

चिकित्सक समेत रहेकी उनी घाइतेलाई उपचारका लागि सिभिल अस्पतालमा खटिएकी हुन् । सिभिल अस्पताल पुगेर चिकित्सकको एप्रोन ड्रेस लगाएर डा. कार्की उपचारमा संलग्न रहेकी छिन् ।

जेनजीहरुले भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेका हुन् । उक्त प्रदर्सनमा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रहरीको दमन हुँदा अहिलेसम्म १८ जना प्रदर्सनकारीको मृत्यु भईसकेको छ । त्यस्तै धेरै घाइते भएका छन् ।