प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनीको प्रयास गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार करिब १५० जनाको समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवास झापामा आक्रमण गर्ने प्रयास गरेको थियो ।
समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा पुग्ने प्रयास गरेका भए पनि प्रहरीले टाढैबाट उनीहरूलाई रोकेर स्थिति नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अहिले अवस्था सामान्य छ।