Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

देउवाले बोलाए काँग्रेस पदाधिकारीको आकस्मिक बैठक

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।

कांग्रेसको पार्टी कार्यालय का मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे छलफल गरेका थिए ।

दुवै महामन्त्रीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई दबाब दिन आग्रह गरेका थिए ।